DOLMA

जग्गा प्रशासनसँग सम्बन्धित कार्य गर्नको लागि प्रणालीमा प्रयोगमा आउने प्रयोगकर्ताहरु (users) निम्न अनुसार रहेका छन्:- 1) प्रणाली व्यवस्थापक (सिष्टम एडमिनिस्ट्रेटर) क)मुख्य प्रणाली व्यवस्थापक (मेन सिष्टम एडमिनिस्ट्रेटर-Super Admin) ख)स्थानीय प्रणाली व्यवस्थापक (लोकल सिष्टम एडमिनिस्ट्रेटर-Admin) 2) प्रणाली सञ्चालनकर्ता (सिष्टम अपरेटिङ्ग युजर) क)Service Desk (SD) ख)Junior Revenue Officer (JRO) ग)Land Revenue Officer (LRO) घ)Chief Land Revenue Officer (CLRO) प्रणालीमा रहने प्रयोगकर्ताको जिम्मेवारी भू-सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ तथा भू-सूचना प्रणाली सम्बन्धी आन्तरिक कार्य सञ्चालन कार्यविधि, २०७४ मा व्यवस्था भए बमोजिम हुनेछ।

प्रयोगकर्ताले आफ्नो पासवर्ड विर्सेमा प्रणालीको होमपेजमा व्यवस्था गरेको “पासवर्ड विर्सनु भयो?” भन्ने लिंकमा क्लिक गरी आउने पेजमा प्रयोगकर्ताको नाम/मोवाइल नं./इमेल भनिएको ठाउँमा युजर बनाउँदा प्रणालीमा प्रिविष्ट गरिएको आफ्नो प्रयोगकर्तको नाम (Username) वा मोवाइल नं. वा इमेल ठेगाना दिई “निवेदन दर्ता गर्नुहोस” मा क्लिक गर्दा तपाईको पासवर्ड तपाईकै मोवाइलमा मेसेजको रुपमा आउने छ ।

कार्यालयको स्थानीय प्रणाली व्यवस्थापक (Local Admin) वा विभागको सुपर एडमिन एडमिन प्रयोगकर्ताले अर्को कुनै प्रयोगकर्ताको पासवर्डमा तथा गोप्यकोड हेर्न तथा प्रयोग गर्न सक्दैन तर परिवर्तन गर्न सकिने प्रावधान छ ।यसरी पासवर्ड परिवर्तन गर्दा सम्बन्धित प्रयोगकर्ताको जानकारीको लागि प्रणालीमा दर्ता भएको प्रयोगकर्ताको मोवाइल नम्बरमा मेसेज जाने व्यवस्था छ ।

प्रयोगकर्ताले प्रणलीमा लगिन गर्दा सही युजरनेम र पासवर्ड प्रविष्ट गर्दा समेत लगिन हुन सकेन भने आफ्नो किवोर्डमा CAPS LOCK प्रेस भएको (Caps Lock on) वा टास्कबारमा नेपाली भाषा छनौट भएको हुन् सक्छ। CAPS LOCK प्रेस भएको भए अफ गर्नुहोस् तथा टास्कबारमा नेपाली भाषा छनौट भएको भए English मा परिवर्तन गरी पुन: कोशिस गर्नुहोस् ।

आफ्नो नाममा रहेको युजरनेम प्रयोग गरी प्रणालीमा लगिन गर्दा पाँच पटकसम्म पासवर्ड गलत दिएमा उक्त युजरनेम ब्लक हुन्छ ।आफ्नो युजरनेम ब्लक भएमा आफ्नो कार्यालयको स्थानीय प्रणाली व्यवस्थापक (Admin) लाई अनब्लकको लागि अनुरोध गरी अनब्लक गर्न सकिन्छ वा प्रश्न नम्बर २ बमोजिमको स्टेप सम्पन्न गरी आफ्नो मोबाईल नम्बरमा मेसेज प्राप्त गरेर समेत युजरनेम अनब्लक गर्न सकिन्छ ।

आफ्नो युजरनेम गलत तरिकाले अरुबाट प्रयोग नहोस् भनेर आफ्नो पासवर्डको सम्बन्धमा अरु कसैलाई पनि जानकारी दिनु हुदैन्।आफ्नो पासवर्ड अरुले थाहा पाएको शंका लागेमा अनाधिकृत प्रयोगबाट रोक्न तुरुन्त आफ्नो पासवर्ड परिवर्तन गर्नु पर्छ । साधारणतया मिहनामा कम्तिमा एकचोटी आफ्नो पासवर्ड परिवर्तन गर्दा सुरक्षित हुन सकिन्छ।

प्रणालीमा निवेदन दर्ता/रुजु/स्वीकृत लगायत कार्य गर्न दुई तहको सुरक्षाको व्यवस्था गरिएकोछ। लगिन गर्दा प्रयोग हुने युजरनेम र पासवर्डका साथै निवेदन दर्ता/रुजु/स्वीकृत लगातयका कार्य गर्दा आफ्नो गोप्यकोड प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गर्नु पर्छ।साथै आफ्नो युजरनेम र पासवर्ड अन्य कसैलाई कुनै तरिकाले जानकारी भए पनि वा आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणालीमा लगिन गरेको अवस्थामा आफ्नो अनुपस्थितिमा अरु कसैले अनाधिकृतरुपमा निवेदन दर्ता/रुजु/स्वीकृत लगायतका कार्य गरी फाइल उठाउन नसकोस भन्नका लागि गोप्यकोडको व्यवस्था गरिएकोछ।

कुनै प्रयोगकर्ताले आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी प्रणाली लगिन गरेको अवस्थामा कुनै अर्को अनाधिकृत व्यक्तिले सो युजरनेम प्रयोग गरी प्रणालीमा कारोबार दर्ता/रुजु/स्वीकृत गर्न सक्दैन किन भने दर्ता/रुजु/स्वीकृत गर्नको लागि उक्त युजरको गोप्यकोड समेत अनिवार्यरुपमा प्रविष्ट गर्नु पर्छ। गोप्यकोड विना कुनै पनि युजरले कारोबार दर्ता/रुजु/स्वीकृत गर्न सक्दैन ।

कुनै प्रयोगकर्ताको गोप्यकोड परिवरर्तन गर्ने कार्य हाल कार्यालयको स्थानीय प्रणाली व्यवस्थापक (Admin) लाई मात्र दिइएको छ। निकट भिवष्यमा छिट्टै युजर आफैले पनि परिवर्तन गर्न सकिने ब्यवस्था गर्न लागिएको छ ।

आफ्नो युजरनेम र पासवर्ड तथा गोप्यकोम अरुलाई दिएर काम गराउँदा सो युजरनेमबाट प्रणालीमा भएका हरेक क्रियाकलापको जिम्मेवारी स्वयं (जस्को नाममा युजरनेम र्दर्ता गरिएको छ)ले लिनु पर्ने हुन्छ ।आफ्नो युजरनेम प्रयोग गर्ने व्यक्तिले सो युजरनेम प्रयोग गरी प्रचलित ऐन कानुन विपरिकुनै कार्य गरेमा कानुन बमोजिम सजायको भागिदार स्वयं हुनु पर्छ ।

कार्यालयबाट सरुवा भई जाँदा वा अवकास प्राप्त हुँदा आफ्नो कार्यालयको एडममिन मार्फत आफ्नो नाममा रहेको युजरनेम र पासवर्ड निस्कृय गर्न लगाउनु पर्छ । निस्कृय गराउने जिम्मेवारी युजर स्वयंको हुन्छ। कार्यालय छोड्ने कर्माचारीलाई आफ्नो युजर एकाउण्ट बन्द नगराए सम्म सम्बन्धित कार्यालयको प्रमुखले रमाना दिनु हुदैन्।

कार्यालयमा कार्यरत कर्मचारीको नाममा प्रणालीमा नँया युजरनेम बनाउनको लागि जस्को नाममा युजरनेम बनाउने हो सोही कर्मचारीले “युजर आई.डी. र पासवर्ड उपलब्ध गराई पाउँ” भन्ने व्यहोराको भू-सूचना प्रणाली सञ्चालन निर्देशिका, २०७१ को अनुसूची २ बमोजिमको ढाँचामा निवेदन दिई कार्यालय प्रमुखबाट प्रमाणित गराउनु पर्नेछ । एडममिनको जिम्मेवारी भएको कर्मचारीले कार्यालय प्रमुखबाट प्रमाणित भएको निवेदनमा तोकिए बमोजिमको युजरनेम बनाइदिने (प्रयोगकर्ता ब्यवस्थापन ‍ प्रयोगकर्ता थप्नुहोस) र निजलाई तोकिए बमोजिमको Role Assign गरिदिने (प्रयोगकर्ता ब्यवस्थापन प्रयोगकर्ता प्रकृया विच अन्तरसम्बन्ध प्रयोगकर्ता प्रकृया विच अन्तरसम्बन्ध थप्नुहोस) काम गरिदिनु पर्छ।

कम्प्युटर अधिकृत उपलव्ध भएको कार्यालयमा कम्प्युटर अधिकृत र नभएको कार्यालयमा मालपोत अधिकृत/नायव सुव्वा/कम्प्यूटर अपरेटर/टेक्नीसियन मध्ये कार्यालय प्रमुखले तोके बमोजिम कुनै पनि कर्मचारीलाई स्थानीय प्रणाली व्यवस्थापक (Admin) को भूमिका दिन सकिन्छ। सके सम्म कम्प्युटर प्रिवधि र जग्गा प्रशासन दुवै क्षेत्रमा ज्ञान भएको स्थायी कर्मचारीलाई सो भुमिका दिए उपयुक्त हुन्छ ।

प्रयोगकर्ताहरुले निवेदन र्दर्ता गरेको, रुजु गरेको, स्वीकृत गरेको तथा विवरण शंसोधन गरेको कार्यको लग “प्रतिवेदप्रयोगकर्ताको लगिन प्रतिवेदन” मार्फत हेर्न सकिन्छ । कार्यालयमा रहेका प्रयोगकर्ताहरुले गरेका कार्यहरुको नियमित अनुगमन गर्नेर् कार्या कार्यालय प्रमुख तथा एडममिनको जिम्मेवार प्राप्त भएको कर्मचारीको हुनेछ ।

प्रयोगकर्ताले युजरनेम बनाउँदा औठाछाप समेत प्रविष्ट गरेको भए सो को प्रयोग गरी प्रणालीमा लगिन गर्न सकिन्छ ।लगिन पेजमा प्रयोगकर्ताको नाममा आफ्नो युजरनेम प्रविष्ट गरी औठाछापमा क्लिक गर्दा पासवर्ड स्वचाधलरुपमा Fetch हुने हुँदा सोही बमोजिम लगिन प्रणालीमा गर्न सकिन्छ ।

जग्गाधनी दर्ता स्रेस्ता र प्रणालीमा जग्गा वा जग्गाधनीको विवरण फरक परेमा जग्गाधनी दर्ता स्रेस्तामा भएको विवरणलाइ मान्यता दिई प्रणालीमा कैफियत समेत जनाई विवरण अद्यावधिक गर्नु पर्नेछ । साथै जिल्ला भू-सूचना प्रणाली (DLIS) बाट प्रणालीमा डाटा माइग्रेसन गर्दाका बखत त्रुटी भई प्रणालीमा जग्गा वा जग्गाधनी तथा रोक्का/फुकुवाको विवरण फरक परेमा जग्गाधनी दर्ता स्रेस्तामा भएको विवरणलाई मान्यर्ता दिई प्रणालीमा कैफयत समेत जनाई विवरण अद्यावधिक गर्नु पर्नेछ । प्रणालीमा भएको डाटा सम्बन्धी त्रुटी सच्याउनको लागि राजस्व नलिई गरिने कार्यहरुको लिग “विद्धुतीय अभिलेख शंसोधन” मोडुलको प्रयोग गरिन्छ ।

प्रश्न नम्बर १ बमोजिमको अबस्थामा “विद्युतीय अभिलेख शंसोधन” चलाउने हो भने घर कायम, फोटा टाँस लगायत मालपोत कार्यालयमा प्रक्रिया पुगाई र नियमनुसारको राजस्व समेत लिई गर्नु पर्ने कार्यको लिग शंसोधन मोडुल चलाउनु पर्छ ।

जग्गाधनी दर्ता स्रेस्ता र प्रणालीमा जग्गा वा जग्गाधनीको विवरण फरक परेमा प्रमाणको आधारमा जग्गाधनी दर्ता स्रेस्तामा भएको विवरणलाई मान्यता दिई कैफियत समेत जनाई प्रणालीमा व्यवस्था गरिएको “विद्युतीय अभिलेख शंसोधन” मोडुल मार्फत विवरण अद्यावधिक गर्नु पर्नेछ। साथै जग्गा तथा जग्गाधनीको विवरण प्रणालीमा प्रविष्ट गर्न छुट भएको पाइएमा समेत प्रमाणका आधारमा स्रेस्ता अनुसार सोही मोडुल प्रयोग गरी प्रणालीमा प्रविष्ट गर्नु पर्नेछ। यसरी जग्गाधनी दर्ता स्रेस्ता बमोजिम विद्युतीय अभिलेख शंसोधन मोडुल मार्फात प्रणालीमा डाटा अद्यावधिक, संशोधन र छुट डाटा इन्टरी गर्दा सर्भिस डेस्क, जुनियर अफिसर र मालपोत अधिकृत भूमिका निर्वाह गर्ने कर्मचारीको दस्तखत रहने गरी लग पुन्स्तिका राख्नु पर्ने छ ।

कुनै कित्तामा एक व्यक्तिको नामबाट खरेज भई अर्को व्यक्तिका नाममा दखिल भईसकेको तर प्रणालीमा अद्यवधिक भई नसकेको पाइएमा हालको जग्गाधनी दर्ता स्रेस्तका आधारमा “जग्गाधनीको स्वमित्व समाप्त” (विद्युतीय अभिलेख शंसोधनसम्पत्ती शंसोधनकित्ता विवरणजग्गाधनी शंसोधन बटनस्वमित्व समाप्त) गरी अब कायम हुने जग्गाधनीको विवरण नयाँ जग्गाधनीको रुपमा थप्नु पर्छ। यस्तो अबस्थामा जग्गाधनीको सम्पुर्ण विवरण शंसोधन गरी नँया जग्गाधनीको विवरण कायम (Edit) गर्नु हुँदैन । जग्गाधनी विवरणमा हुने केही विवरण सही भई अन्य केही विवरण मात्रै नमिलेको देखिएमा नँया जग्गाधनी नथपी भएकै जग्गाधनी विवरण स्रेस्ता अनुसार शंसोधन (Edit) गर्नु पर्छ ।

प्रणालीमा कुनै कित्ताको जग्गाधनी गलत प्रविष्ट भएको देखिएमा प्राविधकरुपमा जग्गा धनीको सम्पूर्ण विवरण नै परीवर्तन गरी नँया विवरण राख्न सकिन्छ तथा यसरी सम्पूर्ण विवरण शंसोधन गर्दा पहिलेको जग्गाधनीको LIN नम्बर पनि नँया व्यक्तिको नाममा कायम हुन्छ । साथै उक्त LIN मा (पुरानो जग्गाधनी) सो कार्यालय तथा अन्य कार्यालयमा अन्य जग्गा कित्ताहरु रहेका छन् भने सवै जग्गा कित्ताहरु समेत शंसोधित नाममा गई डाटामा त्रुटी हुनजान्छ ।तर्सथ प्रणालीमा कुनै कित्ताको जग्गाधनी गलत प्रविष्ट भएको देखिएमा जग्गा धनीको सम्पूर्ण विवरण शंसोधन गर्नु हुँदैन।

जग्गाधनी र्दर्ता स्रेस्ता बमोजिम विद्युतीय अभिलेख शंसोधन मोडुल मार्फत प्रणालीमा डाटा अद्यावधिक, संशोधन र छुट डाटा इन्न्ट्री गर्दा सर्भिस डेस्क, जुनियर अफिसर र मालपोत अधिकृतको भूमिका निर्वाह गर्ने कर्मचारीको दस्तखत रहने गरी लग पुस्तिक अनिवार्यरुपमा राख्नु पर्छ। साथै सर्भिस डेस्क र एडमिन प्रयोगकर्ताले प्रणालीमा सो सम्बन्धी कैफियत स्पष्ट रुपमा लेख्नु पर्छ।

स्रेस्तामा खरिज भएको तर प्रणालीमा यथावत रहेको कित्ता विवरण प्रणालीमा देखिएमा एडमिनले “विद्युतीयर्य अभिलेख संसोधनजग्गाको निस्कृय” मोडुल मार्फत सो जग्गाको कित्ता विवरण निस्कृय गरि दिनु पर्छ ।

कारोबारमा आएको जग्गाधनी प्रमाण पूर्जामा भएको विवरण प्रणालीमा प्रविष्ट भएको देखिएन वा फरक परेमा सर्भस डेस्कले सक्कल स्रेस्ता हेरी प्रमाणको आधारमा “विद्युतीय अभिलेख संसोधन” मोडुल मार्फत विवरण सच्याई प्रस्टरुपमा कैफियत समेत लेखी प्रणालीमा निवेदन प्रविष्ट गर्नु पर्छ र सो निवेदन एडमिनले स्वीकृत गर्नु पर्छ । सो कार्य गर्दा प्रश्न नम्बर ६ बमोजिम लग पुस्तिका अनिवार्यरुपमा राख्नु पर्छ ।

एउटै कार्यालय अन्तरगत रहेका फरक फरक कित्ताहरुमा जग्गाधनी एउटै हुनु पर्ने तर स्रेस्ता फरक फरक भई कम्प्युटरमा समेत एक भन्दा बढी विवरण देखिए ती विवरणहरु मर्ज गर्न सकिन्छ । एक भन्दा बढी पटक देखोएको जग्गाधनी विवरणलाई मर्ज गरी सबै कित्ताहरुको लागि कुनै एउटा मात्र जग्गाधनी विवरण कायम गर्न सकिन्छ । प्रणालीमा अनुमित प्राप्त सर्भिस डेस्क र एडमिनको भूमिका प्रयोग गर्ने प्रयोगकर्ताले “विद्युतीय अभिलेख संसोधनसम्पत्ती मर्ज” मोडुल मार्फत जग्गाधनी विवरण मर्ज गर्न सकिन्छ ।

सामान्यतया लिखित वा मिसिल सदर/पारित गरिसके पछि “विद्युतीय अभिलेख संसोधन” मोडुल मार्फत विवरण शंसोधन गर्नु पर्ने अवस्था हुँदैन। कुनै पनि लिखत वा मिसिल सदर/पारित गरिसके पछि “विद्युतीय अभिलेख संसोधन” मोडुल मार्फत शंसोधन गरेमा शंसोधन पश्चात सो कारोबारको र्दर्ता नम्बर वा रजिष्ट्रेशन नम्बर वा मिसिल नम्बरबाट जग्गाधनी प्रमाण पूर्जा प्रिन्ट गर्नको लागि विवरण खोजि गर्दा भेटिदैन । तसर्थ त्यस्तो अवस्थामा एडमिनबाट नै पुर्जा प्रिन्ट गर्नु पर्दछ ।

कारोबारमा रहेको कित्ताको विवरण प्रविष्ट गर्र्दा खर्चदावी सम्बन्धी विवरण प्रविष्ट गर्न छुट भई LRO/CLRO बाट कारोबार स्वीकृत समेत भएको अवस्थामा उक्त विवरण संसोधन गर्न सकिने र नसकिने दुवै अवस्था रहेको छ । एडममिनले उक्त दर्ता नम्बर राखी सर्चा गरेर हेर्दा यदि पहिले प्रविष्ट गरिएको थैली अंक देखिएमा सच्याउन सकिन्छ भने पहिले प्रविष्ट गरेको थैली अंक नदेखोएमा सच्याउन नसकिने अवस्था हुन्छ ।

रोक्का कितावडा सो कित्ता फुकुवा भनेर जनिएको छ भने सोही ब्यहोरा राखी “विद्युतीय अभिलेख संसोधन“ मोडुल मार्फत फुकुवा गर्नु पर्छ । तर प्रणालीमा रोक्का देखोएको कित्ता विवरण कार्यालयको रोक्का कितावडा नदेखोए मोठमा रोक्का राम्रोसंग भिडाई रोक्का नरहेको व्यहोरा सुनिचित गरी “विद्युतीय अभिलेख संसोधन“ मोडुलबाट फुकुवा गर्नु पर्छ ।

कार्यालयमा रहेको रोक्का कितावडा भंडाउदा कुनै कित्ता रोक्का देखोएको तर प्रणालीमा रोक्का नदेखिएको अवस्थामा सर्भिस डेस्कले रोक्का कितावको आधारमा प्रमाण हेरी “विद्युतीय अभिलेख संसोधनरोक्का थप्नुहोस” मोडुल मार्फत कैफियत समेत लेखी प्रणालीमा निवेदन प्रविष्ट गर्नु पर्छ र सो निवेदन एडमिनले स्वीकृत गर्नु पर्छ ।

कार्यालयमा रहेको रोक्का कितावडा कुनै कित्ता रोक्का देखोएको तर प्रणालीमा रोक्का प्रविष्ट भएको नदेखिएको अवस्थामा “विद्युतीय अभिलेख संसोधन” मोडुलबाट जग्गा/घर जग्गा रोक्का राख्नु पर्दछ ।

कार्यालयमा रहेको रोक्का कितावडा कुनै कित्ता फुकुवा भएको तर प्रणालीमा रोक्का देखिएको अथवा डाटा माइग्रेशन हुँदा गलत माइग्रेशन भई रोक्का जनिएको अवस्थामा र शे.ब. दिएको जग्गाको कित्ताको शे.ब. खारीज भई आएको अवस्थामा “विद्युतीय अभिलेख संसोधनफुकुवा थप्नुहोस” मोडुलबाट जग्गा/घर जग्गा फुकुवा गर्नु पर्दछ ।

कुनै प्रयोगकर्ताले प्रणालीमा शंसोधन गरेको कित्ता तथा जग्गाधनी लगायतको विवरण “प्रतिवेदन”“जग्गा/घर जग्गाको प्रतिवेदन” अन्तर्गत “अघिल्लो कारोबार” मार्फत वा “प्रतिवेदन”“प्रयोगकर्ताको लग”“विद्युतीय अभिलेख संसोधन” मार्फत हेर्न सकिने ब्यवस्था रहेको छ ।

एउटै जग्गाधनीको मोही भएको र नभएको कित्ताहरु एकै पटक “विद्युतीय अभिलेख शंसोधनसम्पत्ती थप्न” मोडुलबाट इन्ट्री गर्न मिल्दैन । एकैचोटी इन्ट्री गर्दा सवै कित्ताहरुमा मोही इन्ट्री हुन्छ। तसर्थ मोही भएको कित्ताहरु एक पटकमा र नभएको कित्ताहरु अर्को पटक इन्ट्री गर्नु पर्दछ ।

एक जना कर्मचारी (प्रयोगकर्ता) ले मात्र चाहेमा प्रणालीमा जग्गा कित्ता तथा जग्गाधनी विवरण छुट इन्ट्री, खारेज वा शंसोधन गर्न सक्दैन । प्रणालीमा जग्गा कित्ता तथा जग्गाधनी विवरण छुट इन्ट्री, खारेज वा शंसोधन गर्ने कार्य प्रणालीमा व्यवस्था भएको “विद्युतीय अभिलेख शंसोधन” मोडुलबाट गर्नको लागि सर्भिस डेस्क र एडमिनको भूमिका भएको एक एक जना गरी कम्तिमा दुई जनाको आवश्यकता पर्छ । एउटै कर्मचारीलाई दुवै भूमिका दिएको खण्ममा भने गर्न सकिन्छ । तर सकेसम्म एउटै कर्मचारीलाई दुवै भूमिका दिनु हुँदैन। एउटै कर्मचारीलाई दुवै भूमिका दिनु पर्ने अवश्था भए कार्यालय प्रमुखबाट सो प्रयोगकर्ताले प्रणालीमा गरेका कार्यहरु नियमित अनुगमन हुन आवश्यक छ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्दा लिखत पारितमा दिने (विक्रेता), लिने (क्रेता) र कम्तिमा दुई जना साक्षीहरुको, मिसिलको हकमा निवेदकको तथा रोक्काको हकमा प्रतिनिधिको औठाछाप, फोटो र दस्तखत विद्युतीय उपकरणबाट लिनु (Capture) पर्छ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्दा प्रणालीमा दिने (विक्रेता)को औठाछाप, फोटो र दस्तखत विद्युतीय उपकरणबाट लिनु (Capture) अनिवार्य छ ।दिनेको औठाछाप, फोटो र दस्तखत पहिले नै प्रणालीमा प्रविष्ट/भण्डारण भएको भए दोस्रो पटक लिईरहनु पर्दैन तर प्रमाणीकरण (Verification) भने गर्नु पर्छ ।

घर जग्गाको स्वाधमत्व हस्तान्त्रण गर्दा लिने वा दिने व्यक्तिको हातका कुनै औँला नभएको वा हस्त रेखा प्रष्ट नभएको अवस्थामा त्यस्ता ब्यक्तिको औठाछाप लिनु पर्दा मुलुकी ऐन कागज जाँच महलको ६ र ७ नं. बमोजिम गरिनेछ ।कसैको औंठाछाप प्रणालीमा प्रविष्ट गर्न नसकिएमा सो को पुष्याईँ सहित कार्यालय प्रमुखबाट निर्णय गराइ राख्नु पर्नेछ ।

जग्गाधनीले आफ्नो स्वाधमत्व हस्तानत्रण गर्दा जग्गाधनीको औंठाछाप प्रणालीमा पहिले नै प्रविष्ट भइसकेको भए प्रणालीमा प्रमाणीकरण/पुन:रुजु (Verification) गरेर मात्र घर जग्गाको स्वाधमत्व हस्तान्त्रण गर्नु पर्छ। जग्गा /घर जग्गा हक हस्तानत्रण सम्बन्धी कार्य गर्दा दिने (बिक्रेता) को औठाछाप प्रणालीमा प्रमाणीकरण गर्नु पर्छ ।प्रणालीमा प्रविष्ट गरिएको औंठाछाप पुन: रुजु हुन नसकेमा प्रावधिक कारणले हो वा अन्य कारणले हो छानबिन गरी निर्णय गरी प्रणालीमा पुन: औंठाछाप प्रविष्ट गराई सो को कैफियत समेत जनाइ थप कारवाही गर्नु पर्छ ।

कुनै व्यक्तिको औठाछाप (Thumb) लिने बटनमा क्लिक भएन भने सो बटन भन्दा अघिको फल्डमा क्लिक गरी Keyboard बाट TAB Key Press गर्दा क्लिक हुन्छ।

डोर सुविधा प्रयोग गरी जग्गा /घर जग्गा हक हस्तानत्रण सम्बन्धी कार्य हुँदा प्रणालीमा दिने (विक्रेता)को औठाछाप, फोटो र दस्तखत विद्युतीय उपकरणबाट लिन सकिदैन ।

कुनै व्यक्तिको औठाछाप रुजु/प्रमाणीकरण (Verification) हुन सकेन वा डोर सुविधा प्रयोग गरी कारोबार गरेको अवस्था वा वारिसवाट पारित/सदर गर्नु पर्ने अवस्था छ भने “औंठाछाप र हस्ताक्षर प्रविष्ट र रुजु प्रक्रिया छोड्न चाहन्छु” भन्ने अप्सनमा टीक लगाई अघि बढ्न सकिन्छ ।

अधिकृत वारेशबाट जग्गा /घर जग्गा हक हस्तानत्रण सम्बन्धी कार्य गर्दा दिनेको फोटो, औठाछाप र दस्तखत लिनु पर्दैन तर सो कार्य गर्न उपस्थित भएका अधिकृत वारेश को भने लिनु पर्दछ ।

वारेश दिनु भनेकै आफू उपस्थीत हुन नसकी अरु कसैलाइ अधिकार दिनु भएकोले सो अवस्थामा जग्गा /घर जग्गाको हक हस्तानत्रण सम्बन्धी कार्य गर्दा लिने व्यक्ति उपस्थित नहुने भएकाले निजको फोटो, औठाछाप र दस्तखत लिनु पर्दैन ।

जग्गा /घर जग्गा हक हस्तानत्रण सम्बन्धी कार्य गर्दा साक्षीको फोटो औठाछाप, दस्तखत तथा हस्ताक्षर र तीन पुस्ते विवरण प्रणालीमा प्रविष्ट गर्नु अनिवार्य छैन। तर सम्भव भए सम्म साक्षीहरुको पूर्णा विवरण लिनु पर्छ ।

कित्ता रोक्का राख्दा रोक्का राख्ने निकायबाट आउने प्रतिनिधिको औठाछाप, फोटो र दस्तखत पहिलो पटक विद्युतीय उपकरणबाट लिनु पर्छ भने दोस्रो पटक देखि प्रमाणीकरण (Verification) मात्र गरे पुग्छ ।

एक ब्रान्ड/मोडलको कुनै Finger Capture Device बाट लिइएको औठाछाप अर्को ब्रान्ड/मोडलको Finger Capture Device बाट Verify गर्न मिल्छ ।

लिने¸ दिने¸ साक्षी वा प्रतिनिधी को औठाछाप प्रणालिमा पहिलेनै लिइ सकेको छ भने पुन: निजहरु कुनै पनि कारोवार गर्न आउदा औठाको छाप प्रणालिमा प्रमाणीकरण गर्नु पर्दछ । प्रमाणीकरण गर्नको लागी निजहरुको विवरण कारोवार गर्दा प्रणालिमा Fetch भएपछि दाँया वाँया औठाको छाप रुजु गर्नुहोस मा Click गरी औठाछाप लिनु पर्दछ। यसरी औठाछापलिदा पहिले प्रविष्ट भएको औठाछाप र हाल लिएको औठा छाप रुजु भए नभएको जानकारी आउछ । रुजु भएमा तल सेभ वटन Activate हुन्छ नभएमा Active हुदैन ।

जग्गाधनीले कुनै पनि समयमा प्रणालीमा औंठाछाप प्रविष्ट गर्न कार्यालयमा निवेदन दिएमा प्रमाण हेरी कार्यालयले प्रविष्ट गरिदिनु पर्छ । विद्युतीय अभिलेख संसोधनसम्पत्ती शंसोधन

जग्गाधनी दर्ता प्रमाणपुर्जामा प्रिन्ट भएको डिजिटल फोटोको गुणस्तर सन्तोषजनक नभई जग्गाधनीले जग्गाधनी दर्ता स्रेस्ता र जग्गाधनी दर्ता प्रमाणपुर्जामा डिजिटल फोटोसँगै छुट्टै फोटो टाँस गर्न माग गरेमा जग्गा प्रशासन निर्देशिका, २०५८ बमोजिम कार्यालयले फोटो टाँस गरी प्रमणित गर्न सक्नेछ ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्दा कुन कुन कारोबार (निवेदन)हरुमा दिने वा लिने वा साक्षीको औठाछाप प्रविष्ट/प्रमाणीकरण नभएको विवरण (प्रतिवेदनप्रयोग कर्ताको लगऔठाको छाप रुजु गरेको प्रतिवेदन )मा गइ हेर्न सकिने ब्यवस्था छ ।

सेवाग्राहीको जग्गाधनी दर्ता प्रमाणपुर्जा तथा प्रणालीमा रहने फोटो, दस्तखत तथा औठाछापको विवरण प्रणालीमा संकलन गर्न अलग्गै कक्ष अनिवार्य छैन ।तथापी फोटो खिच्न आवश्यक पर्ने प्रकाश र स्टयान्ड सिहत अलग्गै कक्ष व्यवस्था गर्न सके उपयुक्त हुन्छ । अलग कक्ष रहेको अवस्थामा सर्भिस डेस्क प्रयोगकर्ताले निवेदनको विवरण मात्रै प्रविष्ट गरे पश्चात निवेदन सेभ ड्राफ्ट गरी Reference नम्बर सिहत फोटो, दस्तखत तथा औठाछाप प्रणालीमा प्रविष्ट/प्रमाणीकरण गर्न “फोटो, दस्तखत तथा औठाछाप कक्ष”मा पठाउनु पर्नेछ ।अलग कक्ष व्यवस्था गर्न नसकिएको अवस्थामा प्रत्येक सर्भिस डेस्कमा फोटो, दस्तखत तथा औठाछाप प्रविष्ट गर्न सकिन्छ ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्नको लागि दिने (विक्रेता)को विवरण तथा उसको नाममा रहेको जग्गा / घर जग्गाको विवरण प्रणालीमा पहिले नै प्रविष्ट भएकै हुनु पर्दछ ।हक हस्तान्त्रण हुन लागेको घर जग्गाको विवरण प्रणालीमा प्रविष्ट नभएको अवस्थामा कारोवार गर्न सकिदैन ।प्राणालीमा प्रविष्ट भएको नदेखिए “विद्युतीय अभिलेख संसोधन” मोडुल मार्फत सर्भिस डेस्कले कार्यालयमा रहेको स्रेस्ता हेरी प्रमाणको आधारमा विवरण ईन्ट्री गरी एडमिन समक्ष स्वकृतिको लागि पेश गर्नु पर्छ। तत्पश्चात मात्र थप कारोवार गर्न सकिन्छ ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य प्रणाली मार्फत गर्दा दिनेको विवरण Fetch गर्न नामसारी र द. खा. मोडुल बाहेक अन्य सवै मोडलहरुमा दिने (विक्रेता) को नागरिकता प्रमाण पत्र नम्बर अनिवार्य छ ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्नको लागि लिने, दिने तथा साक्षीहरुको विवरण प्रविष्ट गरे पछि दोस्रो पेजमा दिनेको स्वामित्वमा रहेको जग्गा/घर जग्गा/कित्तालाई कारोवारको लागि निवेदनमा थप गर्दा “यो जग्गा एकलौटी वा संयुक्तमा छ।“ भन्ने मेसेज देखिएमा सो कित्तामा जग्गाधनी संख्या एक भन्दा बढी तर जग्गाको स्वामित्व एकलौटी प्रविष्ट भएको वा जग्गाधनी एक जना मात्र भएको तर स्वामित्वमा संयुक्त प्रविष्ट भएको हुन सक्छ ।जग्गाधनीको संख्या वा जग्गाको स्वामित्व के मा त्रुटी भएको हो सो विवरण “विद्युतीय अभिलेख संसोधन” मोडुल मार्फत शंसोधन गरे पछि मात्र थप कारोबार गर्नु पर्दछ ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्ने क्रममा लिने(क्रेता)को हक हिस्सा प्रतिशत खुलाउन अनिवार्य छ । एक जना मात्र क्रेता भएको अवस्थामा हक हिस्सा प्रतिशत १०० हुन्छ भने एक जना बढी भएमा क्रेताहरुबाट खुलाउन लगाई सोही बमोजिम प्रविष्ट गर्नु पर्छ ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण हुँदा एकल स्वामित्वबाट संयुक्त नाममा वा संयुक्त नामबाट एकल स्वामित्वमा हक हस्तान्त्रण भई जाने अवस्थामा “हक हिस्साको किसिम” परिवर्तन गर्नु पर्दछ ।

एउटै कार्यालय अन्तरगत रहेका फरक फरक कित्ताहरुमा जग्गाधनी एउटै हुनु पर्ने तर स्रेस्ता फरक फरक भई कम्प्युटरमा समेत जग्गाधनी विवरण दोहरिएर आएको देखिए ती विवरणहरु मर्ज गर्न सकिन्छ। एक भन्दा बढी पटक देखिएको जग्गाधनी विवरणलाई मर्ज गरी सबै कित्ताहरुको लागि कुनै एउटा मात्र जग्गाधनी विवरण कायम गर्न सकिन्छ । प्रणालीमा अनुमति प्राप्त सर्भिस डेस्क र एडमिनको भूमिका प्रयोग गर्ने प्रयोगकर्ताले “विद्युतीय अभिलेख संसोधन” मोडुल मार्फत सम्पत्ती मर्ज गर्न सकिन्छ।एउटै जग्गाधनीका छरिएर रहेका कित्ता जग्गाहरुलाई एउटै कारोवार/निवेदनमा प्रविष्ट गरी कार्य गर्नको लागि सम्पत्ती मर्ज अनिवार्य हुन्छ ।

जुनियर अफिसर वा LRO ले सर्भिस डेस्कमा पुन: रुजु नगरी कुनै व्यक्ति वा सस्थाको विवरण आफैले सच्याउन सकिने ब्यवस्था रहेको छ तर एक पटक प्रणालीबाटै कारोबार भई LIN नम्बर समेत क्यालकुलेट भइसकेको व्यक्ति वा संस्थाको विवरण भने सच्याउन सकिदैन। LIN नम्बर समेत क्यालकुलेट भइसकेको व्यक्ति वा संस्थाको विवरण “विद्युतीय अभिलेख संसोधन” मोडुल मार्फत प्रकिया बमोजिम मात्र शंसोधन गर्न सकिन्छ ।

प्रणालीबाट जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्दा कित्ता काट भएको अवस्थामा बाहेक अन्य अवस्थामा कित्ताको विवरण परिवर्तन गर्न सकिदैन । साथै एक पटक प्रणालीबाटै कारोबार भई LIN नम्बर समेत क्यालकुलेट भइसकेको जग्गाधनीको विवरण बाहेक अन्य अवस्थामा जग्गाधनीको सवै विवरण परिवर्तन गर्न सकिने ब्यवस्था छ ।

क्रेताको रुपमा आएको संस्थाको दर्ता नम्बर र मिति उपलब्ध भएन र उल्लेख हुन सक्ने देखिएन भने संस्थाको प्रतिनिधीलाइ सो संस्थाको स्थापित मिति घोषणा गर्न लगाइ सो मिति प्रविष्ट गर्नु पर्दछ। साथै दर्ता नम्बरको ठाउँमा मिति+संस्थाको रहेको जिल्लाको पहिलो अक्षर+गाउ पालिका वा नगरपालिकाको पहिलो अक्षर+संस्थाको नामका पहिलो अक्षर जोडी कायम गर्नु पर्दछ ।

नेपाल सरकारको नाममा जाने कित्ताको जग्गाधनी प्रविष्ट गर्दा नेपाल सरकारमा टिकमार्क लगाउदा प्रणालीमा LIN नम्बर OO000000101 र जग्गाधनी “नेपाल सरकार” प्रविष्ट हुन्छ ।

कित्ता दोहोरो (एउटै गा. वि. स., वडा नम्बर, नक्सा/सिट नम्बर र कित्ता नम्बर) देखिएमा प्रणाली मार्फत कारोवार गर्न सकिदैन ।कार्यालयमा रहेको स्रेस्तामा हेर्दा स्रेस्तामा दोहोरो नभई प्रणालीमा गलत प्रविष्ट भई दोहोरो देखिएको(वास्तविक दोहोरो) भए एडमिन प्रयोगकर्ताबाट दोहोरो देखिएको कित्तालाई निस्कृय गर्नु पर्छ (विद्युतीय अभिलेख संसोधनजग्गाको निस्कृय)भने स्रेस्तामा समेत दोहोरो देखिए (वास्तविक दोहोरो) नापी कार्यालयमा दोहोरो कित्ताको समाधानका लागि पत्राचार गरी समस्या समाधान गर्नु पर्छ ।

कारोबारको लागि एक पटक प्रकिया र उपप्रकिया छनौट गरी निवेदनसंग सम्बन्धित अन्य कार्य गरिसके पछि प्रकिया र उपप्रकियाको नाम परिवर्तन गर्न सकिदैन र पुन: दोहोर्याएर काम गर्नु पर्ने हुन्छ । तसर्थ निवेदन प्रविष्ट गर्दा विषयमा स्पष्ट भएर सही प्रकिया र उपप्रकिया छनौट गर्नु पर्छ।

दिने(विक्रेता) को स्वामित्वमा रहेको रैकर निजी र गुठी अधिनस्थ जग्गाको हक हस्तान्त्रण सम्बन्धी कार्य गर्दा अंशवण्डा¸ अंश भर्पाइ जस्ता उपप्रक्रियाहरुको लागि एउटै लिखत लेखी आए पनि प्रणालीमा अलग अलग मोडुलहरु (लिखत पारित र गुठी अधिनस्त जग्गाको कारोबार) प्रयोग गरी गर्नु पर्दछ । अन्य प्रकारको प्रक्रियाहरु/उपप्रक्रियाहरु मार्फत हक हस्तान्त्रण हुने भएमा लिखत नै अलग अलग तया गर्नु पर्दछ ।

एक भन्दा बढी लिखत तर विक्रेता एउटै भएको अवस्थामा एउटै निवेदनमा (एउटै DR) प्रविष्ट गर्नु पर्छ। तर एक भन्दा वढी निवेदनहरुमा विवरण प्रविष्ट गरी सकेको अवस्था हो भने कुनै एक निवेदनलाई पुन: रुजुमा पठाई सर्भिस डेस्कले सो निवेदनको Reference नम्बर खोली सवै ब्यहोरा मेटाउनु पर्छ र सो निवेदनमा प्रविष्ट गरेको क्रेताको विवरण समेत अर्को कायम हुने निवेदनमा प्रविष्ट गर्नु पर्छ ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी लिखत/मिसिलल प्रणालीमा अस्वीकृत र रद्द गर्ने भन्नाले एक किसिमले निवेदनलाई तामेल गर्नु हो । अस्वीकृत भएको निवेदनलाई पुन: प्रणाली मार्फत रुजु तथा स्वीकृत गर्ने लगायतका कार्यहरु गर्न सकिदैन र गर्नु पर्ने अवस्था आए अर्को नंया निवेदन मार्फत जानु पर्छ । रद्द भन्नाले जुन पेज Open भएको छ सो पेज मात्र बन्द गर्ने भन्ने बुझाउँछ ।(फरक?)

एउटै कित्तालाई एक भन्दा बढी अलग अलग वा एउटै प्रकिया/उपप्रक्रियामा एउटै कार्यालयको एउटै शाखा वा फरक फरक शाखाबाट एकै पटक कारोबारको लागि समावेश गर्न सकिदैन । एउटा कारोबार सम्पन्न नभई सोही कित्तामा अर्को अर्को कारोबार गर्दा “पहिले नै उक्त कित्ता जग्गा .... रेफरेन्स नम्बरमा प्रयोग भएको छ” भन्ने मेसेज आउछ ।

घरजग्गा कारोवारको लागि लिखत/मिसिल साथ पेश भएका आवश्यक कागजात (Supporting Documents) जस्तै घरबाटो सिफारिस, पूँजिगत लाभकरको स्वघोषणा फारम, राजस्व तिरेको रसिद आदि स्कयान गरी प्रणालीमा अपलोड गर्नु पर्छ ।

घरजग्गा कारोबारको लागि दिने(विक्रेता) को विवरण लोड गर्ने क्रममा नागरिकता नम्बर राखी विवरण खोज्दा नागरिकता विवरण भिड्ने एक वा एक भन्दा बढी जग्गाधनी भई एक भन्दा बढी विवरणहरु देखिन सक्छ ।यस अवस्थामा नागरिकता प्रमाण पत्र सम्बन्धी अन्य विवरण, तीन पुस्ते विवरण तथा जग्गाधनीको ठेगाना लगायत अन्य विवरणहरु जाँच गरी सही जग्गाधनी छनौट गर्नु पर्छ ।

हक हस्तान्त्रण हुने जग्गा/ घर जग्गाको विवरण एउटै दर्ता नम्बर (DR) हुने गरी प्रविष्ट गर्नु पर्नेमा दुईवटा छुट्टै दर्ता नम्बरमा पर्न गएमा सर्भिस डेस्कमा पुन: रुजुमा पठाई सर्भिस डेस्कले सो निवेदनको Reference नम्बर खोली सवै ब्यहोरा मेटाउनु पर्छ र सो निवेदनमा प्रविष्ट गरेको क्रेताको विवरण समेत अर्को कायम हुने निवेदनमा प्रविष्ट गर्नु पर्छ।

जग्गाधनीहरु मध्यकै कुनै व्यक्तिलाई वारेशको रुपमा राख्न कानुनले बन्देज लगाएको छैन तर प्रणालीमा राख्न सक्ने व्यवस्था छैन ।

कित्ताकाट भएको कारोबारको हकमा साविक कित्ताको क्षेत्रफल र सो कित्ता कित्ताकाट भई नयां कायम हुने कित्ताहरुको क्षेत्रफलको जोडको अन्तर ०.५ बर्ग मिटर सम्म भएमा प्रणालीमा जुनियर अफिसरले रुजु गर्न सक्छन ।

जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रिन्ट गर्न अनुमति दिइएको खण्डमा जुनसुकै प्रयोगकर्ताले प्रिन्ट गर्न सक्छ। सर्भिसडेस्क प्रयोगकर्ताले ड्यासवोर्डमा भएको प्रमाण पुर्जा उत्पन्न बटनमा गइ प्रमाणपुर्जा प्रिन्ट गर्न सकिने ब्यवस्था छ । जुनियर अफर्सरले दर्ता नम्बर (DR,NM,HL,DH आदी) वा रजिष्ट्रेशन नम्बर बाट खोजी गरी पुर्जा प्रिन्ट गर्न सक्ने ब्यवस्था छ । मालपोत अधिकृतले पनि लगइन गरी सकेपछि वायाँ तर्फको लिष्ट बाट प्रमाण पुर्जा/स्रेस्तामा Click गरी दर्ता नम्बर (DR,NM,HL,DH आदी) वा रजिष्ट्रेशन नम्बर बाट खोजी गरी पुर्जा प्रिन्ट गर्न सक्ने ब्यवस्था छ र स्थानीय प्रणाली व्यवस्थापक(Admin) ले विद्युतीय अभिलेख संसोधन मा गइ लिष्टबाट प्रमाण पुर्जा/स्रेस्ता मा Click गरी दर्ता नम्बर (DR,NM,HL,DH आदि) वा रजिष्ट्रेशन नम्बर बाट खोजी गरी पुर्जा प्रिन्ट गर्न सक्ने ब्यवस्था छ ।

नेपाल सरकारका नाममा कायम भएको जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा प्रिन्ट गर्न सकिने ब्यवस्था रहेको छैन तर नेपाल सरकारलाई संस्थाको रुपमा प्रविष्ट गरी कारोवार गरेको भए पुर्जा प्रिन्ट गर्न सकिन्छ ।

जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रिन्ट गर्दा तोकिएको Format/layout अनुसार नभएमा विभागले तोकेको (Recommendation Browser and Version: ) भर्सन अनुसारको Browser प्रयोग गर्नु पर्ने हुन्छ ।

संयुक्त स्वामित्व रहेको कित्ताको जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रिन्ट गर्दा पूर्जामा रहने एक भन्दा बढी जग्गाधनीहरुको क्रम नम्बर मिलाएर राख्ने ब्यवस्था हाल सम्म उपलब्ध नभएको ।

राजस्व नतिरी स्रेस्ताको प्रतिलिपि उपलब्ध गराउनु पर्ने निकायहरु जस्तै अदालत¸ अख्तियार दुरुपयोग अनुशन्धान आयोग तथा विभिन्न आयोजनाहरुबाट स्रेस्ताको प्रतिलिपि माग भएमा प्रतिवेदनजग्गा/घर जग्गा प्रतिवेदन मार्फत प्रत्येक कित्ताको छुट्टा छुट्टै स्रेस्ता प्रतिलिपि दिन सकिन्छ ।जग्गाधनीको एक भन्दा बढी कित्ताहरुको स्रेस्ता प्रतिलिपि दिनु पर्दा जग्गाधनी व्यक्ति भए प्रतिवेदनव्यक्ति प्रतिवेदन र संस्था भए प्रतिवेदनसंस्था प्रतिवेदन मार्फत स्रेस्ता प्रतिलिपि दिन सकिन्छ । स्रेस्ता प्रतिलिपि माग हुँदा राजस्व लाग्ने अवस्था भए ड्यासवोर्डमा भएको प्रतिलिपि प्रक्रिया मोडुलबाट दिनु पर्छ । अन्य अवस्थामा भने बुदाँ नम्बर दुइ अनुसार निकाल्नु पर्छ ।

स्रेस्ताको प्रतिलिपि कस्ले कति पटक प्रिन्ट गरेको हो भन्ने विवरण (Log) हेर्न सकिने ब्यवस्था रहको छ। जग्गा घरजग्गा प्रतिवेदन वा सो विवरण देखिने ब्यवस्था छ ।

कुनै पनि कारोवार/निवेदनमा एक भन्दा बढी कित्ताहरु समावेश भएका छन भने एकमुष्ट नराखी हरेक कित्ताको छुट्टा छुट्टै थैली अँक लगायत अन्य खर्च दाविको विवरण प्रणालीमा प्रविष्ट गर्नु पर्दछ ।

रु तीस लाख भन्दा कम थैलि अँक भएको कारोबारको हकमा जग्गा /घर जग्गाको खरिद मुल्य (अघिल्लो थैली अँक) प्रणालीमा प्रविष्ट गर्नु पर्छ । अघिल्लो थैली अँक नराख्दा सो कारोबारमा क्यालकुलेट हुने पूँजीगत लाभकर रकममा फरक नपरे पनि उक्त जग्गाधनीले सोही आर्थिक वर्ष भित्र गर्ने अर्को कारोवारले पूँजीगत लाभकर लाग्ने अवस्था आएमा पुरानो कारोबारमा खर्चदावी प्रविष्ट नभएकोले भविश्यमा हुने सो कारोबारमा पूँजिगत लाभकर मिल्दैन र सेवाग्राहीले दुख: भोग्नु पर्छ ।

जग्गाधनी (विक्रेता)को लागि पूँजीगत लाभकर गणना गर्दा चालु आर्थिक वर्षमै सो जग्गाधनीले अनलाईन सेवा लागु भएको कुनै अर्को मालपोत कार्यालयमा विक्री गरेको जग्गा/घर जग्गाको कारोवारलाई समेत सँलग्न (Include) गरी पूँजीगत लाभकर देखाएको र अघिल्लो कारोबारको कित्तामा खर्च दावी रकम प्रविष्ट गर्न छुटेको रहेछ भने जुन कार्यालयमा गरेको कारोवारमा खर्च दावी छुट भएको हो सोही कार्यालयबाट मात्र खर्च दावी मिलाउन सकिने ब्यवस्था रहेको छ । त्यसकोलागि सम्बन्धित कार्यालयको एडमिनको मा गइ पुरानो DR राखी सर्च गरेमा मिलाउन सकिने ब्यवस्था छ । [How?]

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य डोर सुविधा प्रयोग गरी भएको अवस्थामा नंया निवेदन प्रविष्ट गर्ने पहिलो पेजमा र्दायाँतर्फ डोर सुविधामा टिक लगाएमा डोर बापतको दस्तुर प्रणालीमा देखिन्छ।

संस्थाको नाम प्रविष्ट गर्ने समयमा संस्थाको प्रकारमा घरजग्गाको कारोवार गर्ने संस्था छानेमा प्रचलित ऐन कानुन अनुसार पूँजीगत लाभकर लाग्दैन ।

अंश बुझेको भपााई कारोबारमा विक्रेता नै क्रेता भएको अवस्थामा करको गणना हाल प्रणालीले स्वचालित रुपमा गर्दैन एडमिनबाट राख्नु पर्छ । [To be given to RMSI-already give]

जुनियर अफर्सरले प्रणालीमा कित्ताकाट गरेर कुनै त्रुटि देखी सर्भिसडेस्कमा “पुन: रुजु” गर्यो र सर्भिसडेस्कले सो त्रुटी सच्याई पुन: जुनियर अफिसरकोमा पठाँउदा सही कर गणना गर्न सर्भिसडेस्कवाट पुन: जुनियर अफिसरकोमा आएपछि सवै कित्तामा संसोधन गर्दै सेभ गर्नु पर्छ । [Any other method?-No sir]

करको दर नमिलेको कित्ताको कित्ताकाट कारोबार भए जुनियर अफर्सरले संसोधन गर्दै सेभ गर्नु पर्छ र ससिम कित्ता कारोबार भए एडमिनबाट सच्याउनु पर्छ ।

रोक्का दस्तुर प्रणालीमा रोक्का राख्ने निकाय¸ रोक्काको प्रकार र ऋण रकमका आधारमा गणना हुन्छ । रोक्का राख्ने निकाय छनौट गर्दा समेत रजिष्ट्रेशन शुल्क वा रोक्का दस्तुर देखिएन भने रोक्काको प्रकार¸ऋण रकम चेक जाँच गर्नु पर्छ । यदि सो विवरण पनि सिह छ भने एडमिनले रोक्का राख्ने निकायको प्रकार र “द्वारा अनुमति”मा सही निकाय छनौट भएको छ छैन चेक जाँच गर्नु पर्छ । जस्तै सहकारी भए निकायको प्रकारमा “निजी” र द्वारा अनुमतिमा “डिभिजन सहकारी कार्यालय” छनौट गर्नु पर्छ । त्यस्तै बैंक/फाइनान्स/लघुवित्त भए निकायको प्रकारमा “निजी” र द्वारा अनुमतिमा “नेपाल राष्ट्र बैक” छनौट गर्नुपर्छ ।

अंशवण्मा/अंशभर्पाइ गर्दाको थैली खर्च दावी गर्न पाईदैन तर हाल प्रणालीमा खर्च दावीमा पनि आइ रहेकोले एडमिनबाट हटाउनु पर्छ । [To inform to RMSI-Add in Bugzilla by Binod]

तीनपुस्ता भित्रको बकसपत्रबाट प्राप्त लिखतको खर्चदावी गर्न पाईदैन तर हाल प्रणालीमा खर्च दावीमा पनि आइ रहेकोले एडमिनबाट हटाउनु पर्छ ।

तीनपुस्ता भित्रबाट हक हस्तान्त्रण भई आएको अवस्थामा हक हस्तान्त्रण जस्को नामबाट भएको हो निजले २०५८ चैत्र १९ भन्दा पर्छडी खरीद गरेको भए खरिद गर्दाको लागत खर्च समानुपातिकमा र सो अघि खरिद गरेको भए २०५८ चैत्र १९ को बजार मुल्य घटाउन पाउने ब्यवस्था छ ।

सर्भिसडेस्कले लिने, दिने र साक्षीको विवरण भरी घर जग्गा विवरण पेज/ट्यावमा हक हिस्सा राख्ने ठाउँका वायाँ तर्फ “जग्गाधनी दर्ता प्रमाण पूर्जा प्रिन्ट गर्नु पर्ने आवश्यकता” मा चेक लगाएको रहेछ भने राजस्वको विवरणमा पुर्जा बापतको रु १०० प्रणालीले देखाउछ। त्यसलाई अनचेक गर्दा सो रकम देखिदैन ।

तोकिएको कित्ताको रजिष्ट्रेशन को दर फरक देखिएमा एडमिनले सर्वप्रथम ब्यपार नियम ठीक छ छैन चेक जाँच गर्नुपर्छ ।यदि व्यपार नियम ठीक छ भने एडमिनले गा.वि.स./न.पा. को वार्डलिस्टमा गई सो गा.वि.स./न.पा. को वार्ड नम्बर हाल महानगरपालिका / उपमहानगरपालिका / नगरपालिका / गा.वि.स. के मा पर्छ सोही अनुसार मिलाउनु पर्छ ।

कारोबार गर्दा राजस्व, शुल्क, कर, दस्तुर गणनामा प्रयोग हुने Parameter लगायको कारणले राजस्व, शुल्क, कर, दस्तुरको दर तथा रकममा त्रुटि देखिएमा मोठ, रोक्का तथा रजिष्ट्रेशन कक्षको सिफारिसमा स्थानीय प्रणाली व्यवस्थापकले स्पष्ट कैफियत लेखी प्रणालीमा परिमार्जन गर्नु पर्छ ।

दिने(विक्रेता)ले कुनै कार्यालयमा जग्गा/घर जग्गाको हक हस्तनत्रण सम्बन्धी कारोबार गर्दा चालु आर्थिक वर्षमा सोही विक्रेताले अर्को कार्यालयमा गरेको कारोवार समेत जोडी पूँजीगत लाभकर गणना भएमा सो रकम पूँजीगत लाभकर जुन कार्यालयमा कारोवार गर्दा देखिएको हो सोही कार्यालयमा (पछिल्लो कारोबार भएको कार्यालय) तिर्नु पर्दछ ।

एउटै विक्रेताले एक आर्थिक वर्षमा गरेको कारोवार पूँजीगत लाभकर प्रयोजनका लागी नजोडिएमा जोडेर लिनु पर्दछ। LRIMS बाट गरेको कारोवार नजोडिए सो को कारण पत्ता लगाई जोड्न लगाउनु पर्छ । खास गरी विक्रेताको नागरिकता प्रमाण पत्रमा हुने विवरण विभिन्न कारोबारहरुमा दुरुस्त प्रविष्ट नहुँदा यस किसिमको समयस्याहरु देखिन सक्छ। कित्ता पिच्छे फरक नागरिकता विवरण प्रविष्ट भई यस किसिमको समस्या देखिए विक्रेताको सम्पत्ती मर्ज गरी कारोवार गर्नु पर्छ ।

गुठी अधिनस्थ जग्गाको कारोवारमा नयाँ मोही थप गरी निजको हक हीस्सा प्रविष्ट गरे पश्चात पेजको माथि पट्टी कित्ता विवरण भएको स्थानमा व्यवस्था गरिएको राजस्व छुटमा गई छुट दिन सकिन्छ ।

आर्थिक ऐनमा रजिष्ट्रेसन शुल्क बापतको रकममा विभिन्न किसिमको छुट सुविधा व्यवस्था गरिएको छ । जस्तै क्रेता व्यक्ति भएको अवस्थामा महिला¸ एकल महिला¸ नावालक¸ जेष्ट नागरीक¸ जन-आन्दोलनका शिहद परिवार¸ हलिया/मुक्त कमैया¸ दलित/पिछिडीएको जाति¸ अपाङ्ग ¸ दृष्टी विहिन¸ वाक विहिन र रेमिटेन्सबाट प्राप्त आम्दानीबाट खरिद गरेको प्रमाण पेश गरेमा सो क्रेताले छुट पाउने व्यवस्था छ।प्रणालीमा छुट दिनको लागि क्रेताको नाम प्रविष्ट गर्दा प्रणालीमा व्यवस्था भएको बैवाहिक स्थिती तथा श्रेणी सही ढंगबाट छनौट गर्नु पर्दछ। त्यस्तै क्रेता संस्था भएको अवस्थामा संस्थाका प्रकार तथा संस्थाको ब्यापारको प्रकारमा जस्तै जलविद्युत उद्योग¸ चिया / कफी / कपास / तरकारी/अलैची/जडीवुटी खेती¸ पुष्प ब्यवसाय¸ पशु पंक्षीपालन¸ तलफूल उद्योग¸ ३०० जनाभन्दा बढीको रोजगारी दिने उद्योग¸ सहकारीको आफ्नो भवन¸ सामुहिक खेती योजना आदी प्रकारहरु छनौट गरे रजिष्ट्रेसन शुल्क रकममा नियम अनुसार छुट हुने ब्यवस्था छ ।

सम्बन्धित मालपोत कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र पर्ने जग्गाको आगामी आर्थिक वर्षको न्यूनतम मूल्यांकन रकम चालु आर्थिक वर्ष भित्र प्रणालीमा अद्यावधिक गरी सक्नु पर्छ । स्थानीय प्रणली ब्यवस्थापक (Admin) ले प्रणालीको ड्यासबोर्डमा भएको मुल्याङ्कन ब्यवस्थापनबाट जग्गाको न्युनतम मुल्याङ्कन रकम प्रणालीमा अद्यावधिक गर्न सक्छ ।

कारोबारमा रहेको कित्ताको थैली अँक भन्दा प्रणालीमा सो कित्ताको लागि प्रविष्ट भएको न्युनतम मुल्याङ्कन रकम बढी भएमा प्रणालीले कारोबार गर्न दिदैन।

कित्ताको न्युनतम मुल्याङ्कन रकम प्रणालीमा सो कित्ताको लागि प्रयोगकर्ताले छनौट गरेको बाटो¸ ठाउँ स्थान¸ वर्ग¸ जग्गाको किसिम¸ जग्गाको प्रकृति¸ कित्ता नम्बर आदीको आधारमा स्वचालिरुपमा गणना हुन्छ। सबै कित्ताहरुको लागि एउटै आधार नभई मुल्याङ्कन पुस्तिकामा भएको आधार जस्तै बाटोको आधार/ठाउँ स्थानको आधार/ जग्गाको प्रकृतीको आधार/ ठाउँस्थान र बाटोको आधारमा/ कित्ताको आधारमा आदी बमोजिम प्रविष्ट गरिएको हुन्छ । सोही अनुसार सोचालित रुपमा गणना हुन्छ ।

कित्ताको न्युनतम मुल्याङ्कन रकम नै प्रणालीमा प्रविष्ट नगरेमा तथा प्रविष्ट गरेको भए पनि मुल्याङ्कनका आधारहरु र सिफारिस फरक पर्न गएमा गणना हुदैन । प्रणालीमा प्रविष्ट नै नगरेको अवस्थामा प्रविष्ट गर्न लगाउने तथा आधारहरु फरक हुन गएमा ठीक ब्यहोरा छनौट गर्नु पर्दछ ।

जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्दा प्रणालीमा प्रिवष्ट गरिने प्रक्रिया र उपप्रक्रिया गलत भएमा अर्को छनौट गर्न मिल्दैन । कारोबारको लागि एक पटक प्रक्रिया र उपप्रक्रिया छनौट गरी निवेदनसंग सम्बन्धित अन्य कार्य गरिसके पिछ प्रक्रिया र उपप्रक्रियाको नाम परिवर्तन गर्न सकिदैन र पुन: दोहोर्याएर काम गर्नु पर्ने हुन्छ । तर्सथ निवेदन प्रविष्ट गर्दा विषयमा स्पष्ट भएर सही प्रक्रिया र उपप्रक्रिया छनौट गर्नु पर्छ।

अष्टलोह, अंशबण्मामा रकम बुझी लिएको तथा अंशभपााईमा रकम बुझी लिएकोको जस्ता गैर घर/जग्गा सम्बन्धी कारोबार प्रणालीको ड्यासवोर्डमा व्यवस्था भएको गैर घरजग्गा सम्बन्धी लिखत पारीत मोडुल मार्फत गर्न सकिन्छ ।

विद्युतको आपुर्ति पुणारुपमा बन्द, नेटवर्क पूर्ण रुपमा अवरुद्द, सर्भरमा कुनै समस्या लगायत कुनै विशेष कारणले कार्यालयमा प्रणाली सँचालन गर्न नसिकएको अवस्थामा नगरी नहुने लिखत तथा मिसिलहरु हस्तलिखितरुपमा सदर हुन गएमा पछि रेकर्डमा राख्ने प्रयोजनका लागि प्रणालीमा व्यवस्था भएको विशेष कारोबार मोडुल मार्फत प्रणालीमा प्रविष्ट गर्नु पर्छ ।

अधिकृत वारेशवाट जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्दा विक्रेताको नाम प्रविष्ट गर्ने पेज/ट्यावमा अन्तिममा विक्रेता आएको छ? भन्ने प्रश्नमा छैन भन्ने अप्सनमा टिक लगाउदा प्रणालीमा अधिकृत वारेशको विवरण राख्ने र फोटो¸ औठाकोछाप¸हस्ताक्षर सिहत सवै विवरण प्रविष्ट गर्ने ठाउँ देखिन्छ। वारेशको सो सवै विवरण प्रविष्ट गरी कार्य गर्न सकिन्छ ।

साधारण वारेशवाट जग्गा /घर जग्गा हक हस्तान्त्रण सम्बन्धी कार्य गर्दा क्रेताको नाम प्रविष्ट गर्ने पेज/ट्यावमा अन्तिममा क्रेता आएको छ? भन्ने प्रश्नमा छैन भन्ने अप्सनमा टिक लगाउदा वारेशको विवरण प्रविष्ट गर्ने ठाउँ देखिन्छ । वारेशको सो सवै विवरण प्रविष्ट गरी कार्य गर्न सकिन्छ ।

प्रणालिमा संरिकको विवरण नावालक भएमा नावालकको विवरण प्रविष्ट गरेपछि अभिभावक भने तलपिट्ट आउछ सो लिङ्कमा Click गरी राख्न सकिन्छ ।

जग्गाधनीको हक हस्तान्त्रण अन्य मोडुलबाट भए जस्तै मोहीको हक हस्तान्त्रण (गुठी जग्गाको कारोबार) गर्ने प्रयोजनका लागि “गुठी अधिनस्थ जग्गाको कारोवार” मोडुलको व्यवस्था गरिएको छ ।

नेपाल सरकारको नाममा लगकायम गर्दा शंसोधन मिसिलबाट आएमा शंसोधन मोडुलमा नेपाल सरकारका नाममा लगकायम उपप्रक्रिया छनौट गर्नु पर्दछ। यदि र्दा.खा. तथा लिखतबाट कित्ता काट भइ जाने अवस्थमा कित्ता काट भए पछि जग्गाधनी नेपाल सरकारलाइ बाड्नु मा टीकमार्क लगाउनु पर्दछ । [What is the process while doing transaction? For eg bato dine]

नेपाल सरकारको नाममा पुरा कित्ता लगकायम गर्दा शंसोधन मोडुलमा नेपाल सरकार पुरा कित्ता उपप्रक्रिया छनौट गर्नु पर्दछ ।

हक हिस्सा मात्र नामसारी गर्दा जुन जग्गाधनीको हक हिस्सा नामसारी हुने हो सो को विवरण मात्र जग्गाधनी विवरणमा प्रविष्ट गरी (अन्य जग्गाधनीलाइ नराख्ने) गर्न सकिन्छ ।

हालसाविक गर्दा प्रणालीमा नभएको नंया सिट नम्बर आए स्थानीय प्रणाली व्यवस्थापक(Admin) ले सो सिट नम्बर प्रणालीमा प्रविष्ट गरी दिनु पर्छ।

अंशवण्मा गर्दा कुनै अंशियारले जग्गा र नगद बुझी लगेमा प्रणालीको ड्यासवोर्डमा व्यवस्था गरिएको गैर घरजग्गाको कारोवार मोडुलमा अंशवण्डा छनौट गरी गर्न सकिन्छ । यसरी गैर घरजग्गाको कारोवार मोडुलमा इन्ट्री गर्दा Reference Number भनेको ठाउँमा जग्गाको कारोवार गर्दा आएको Reference Number राख्नु पर्दछ । [How to link both?] [If one takes land and other cash, what will happen?]

प्रणालीमा प्रविष्ट भएको डाटाको आधारमा तोकिएको सीमा भन्दा बढी जग्गा देखिई कारोबार गर्दा दिने वा लिनेको हदबन्दी देखिएको तर मालपोत/भूमिसुधार कार्यालयबाट नियम अनुसार हदबन्दी नहुने भन्ने निर्णय भएको अवस्थामा मालपोत/भूमिसुधार कार्यालयबाट प्राप्त पत्रको स्क्यान्ड कपी प्रणालीमा अपलोड गरी कार्यालय प्रमुखले प्रमुख मालपोत अधिकृत भएको युजर (CLRO) बाट सो व्यक्तिको लागि एक पटकको कारोबारको लागि हदबन्दी फुकुवा गर्न सक्छ ।

सरकारी जग्गा र रैकर निजी जग्गाको बीचमा सट्टा पट्टा हुने अवस्थामा कार्यालय प्रमुखले प्रमुख मालपोत अधिकृत भएको युजर (CLRO) बाट सो सरकारी जग्गालाई एक पटकका लागि कारोवारमा संलग्न हुने गरी फुकुवा गर्न सक्छ । सो ब्यवस्था जग्गा घरजग्गा प्रतिवेदन भित्र उपलब्ध छ ।

लिखतबाट ट्रायल चेक भई जग्गा घटी वा वढी हुने अबस्थामा सर्भिसडेस्कले विद्युतीय अभिलेख संसोधन मोडुलबाट स्पष्ट कैफियत सिहत प्रविष्ट गरी स्वीकृतीको लागि स्थानीय प्रणाली व्यवस्थापक समक्ष पेश गर्नु पर्छ । साथै मिसिलबाट ट्रेायल चेक भई जग्गा घटी वा वढी हुने अबस्था भए सर्भिसडेस्कले शंसोधन प्रक्रियामा शंसोधन उपप्रक्रिया छनौट गरी कारोबार/ निवेदन प्रविष्ट गर्नु पर्छ ।

जग्गा घर जग्गा प्रतिवेदन जग्गाधनीको विवरण हेर्दा कुनै एउटा जग्गाधनी को नाम खाली र दाया तर्फ आँखा जस्तो विवरण आएमा विभागको सपोर्ट टीमलाइ जानकारी गराउनु पर्दछ । यस्तो प्रकारको समस्या कार्यालयबाट समाधान गर्न सक्ने ब्यवस्था हाल लाइ उपलब्ध छैन ।

रोक्काको निवेदन स्वीकृत भए पछि ऋण रकम / रोक्का राख्ने निकायको नाम आदी विवरण परिवर्तन गर्न सकिदैन ।

यदि थोरै कित्ता रोक्का राख्नु पर्ने छ भने “कित्ताका आधारमा रोक्का” गर्दा छिटो हुन्छ भने धेरै कित्ता भएको अवस्थामा “जग्गा धनीका आधारमा रोक्का” राख्र्दा छिटो हुन्छ । जुनबाट गरे पनि फरक भने पर्ने छैन।

रोक्का रहेको कित्तामा अदालतबाट¸ सरकारी निकायबाट जती पटकपनि रोक्का रहन सक्छ । त्यस्तै पिहले रोक्का राख्ने वित्तीय संस्था वा सहकारी वा अन्य निकायले पुन र्दोहोराएर राख्न सक्छ । तर रोक्का ऋण लगानी प्रयोजनका लागी एउटा बैंक वित्तीय संस्थाको रोक्का हुँदा हुदै अर्कोले थप रोक्का राख्न हुदैन । यस्तो अवस्थामा प्रणालीले रोक्ने नभै कार्यरत कमाचारीले नै ध्यान दिनु पर्न हुन्छ ।

एउटै कित्तामा एक भन्दा बढी रोक्का भएकोमा एकै पटक फुकुवा गर्न विद्युतीय अभिलेख संसोधनमा गइ फुकुवा गर्न सक्ने ब्यवस्था रहेको छ ।

LIN को पुरा फर्म Land Owner Identification Number हो। नेपालीमा जग्गाधनी संकेत नम्बर भिनन्छ । प्रणालीमा भएका सवै जग्गाधनी को LIN हुदैन। एकचोटी LRIMS कारोवार गरेमा वा विद्युतीय अभिलेख संसोधनबाट कुनै पनि कुरा संसोधन भएमा उक्त जग्गाधनीको LIN आउछ ।

LIN बन्ने आधारमा व्यक्ति हो की संस्था हो भनी छनौट गरीन्छ जस्तै व्यक्ति भए P बाट शुरु हुन्छ भने संस्था भए O बाट शुरु हुन्छ । व्यक्ति पुरुष भए P पछि M जोडिन्छ PM त्यस्तै मिहलामा PF / तेस्रो लिंगमा PT हुन्छ र बाकी नम्बरहरु क्रमैसंग सिस्टममा भएकोमा बढ्दै जान्छ । यो ११ अंक को हुन्छ । संस्थाको लागी पनि O बाट शुरु भइ संस्थाको प्रकार अनुसार LIN Generate हुन्छ जस्तै (OG – Government, OS – Social, OO – Government Office, OF – Financial, OA – Academic, OR – Recreation, OE – Enterprise, OP – Private, OC – Community, OM – Mid Government, ON – NGO, OT - Other).

कारोबारको लागि सर्भिसडेस्कबाट प्रविष्ट भई सर्भिसडेस्कमै रहेका Reference नम्बरहरु ७ दिन पछि नदेखिने हुन्छन र ३५ दिन पछि पूर्णरुपमा हट्छन ।

क्यास¸ कुकी तथा अन्य मा भएका विवरण हटाउनलाइ प्रयोग गरीन्छ । यसको लागी CTRL+SHIFT+DEL Press गरी Clear Data गर्ने ।

प्रणाली सँचालन गर्ने क्रममा “Application Block By Java Message” भन्ने alert box देखिएमा Control Panel मा भएको Java open गरी security लाइ Medium गर्नु पर्दछ ।

अनलाईन सेवा शुरु भएको कार्यालयमा अनलाईन लागु भएको मिति पछि DLIS बाट कारोबार गर्न मिल्दैन ।

प्रणालीमा प्रविष्ट भएको वा देखिएको डाटाको आधारमा मात्र (स्रेस्ता नभिडाई) जग्गा/घर जग्गा हस्तान्त्रण सम्बन्धी कारोवार गर्न हुदैन । यसरी नभिडाई गरेमा जोखिम हुन जाने हुन्छ ।

प्रणालीबाट कारोवार शुरु भएपछि प्रचलित कानुन अनुसार हस्तलिखित रुपमा गरि आएको रोक्का किताव राख्ने तथा स्रेस्ता लेख्ने कार्य अर्को ब्यवस्था नभएसम्म गर्नु पर्दछ ।

कम्प्युटर अपरेटर/सहायक कम्प्युटर अपरेटर बाहेक अन्य पर्दका कमाचारीहरुले पनि सर्भिसडेस्कको काम गर्न मिल्छ ।

प्रणाली संचालनमा कार्यालयले स्वर्तन्त्ररुपमा कार्य गर्ने सक्छ विभागसंग कुनै पनि भुमिका रहदैन तर प्रणालीमा केही खरावि आयो भने विभागले हेर्छ।

जग्गा घरजग्गा विवरणमा गइ जग्गाधनीको स्वामित्वको किसिम मा सरकारी अथवा सार्वजनिक के लिने हो छनौट गरी कुनै पनि गा. वि. स. / न. पा. अन्तरगतको सरकारी तथा सार्वजनिक जग्गाको विवरण हेर्न सकिन्छ ।

प्रतिवेदन भित्र व्यक्ति प्रतिवेदनबाट सम्बन्धरत व्यक्तिको हदवन्दी भित्र रहेको वा नरहेको भने हेर्न मिल्छ । कुनै जिल्ला तथा गा. वि. स. / न. पा. भित्र ठेगाना रहेका व्यक्तिको हदवन्दी लिष्ट हेर्न परेमा प्रतिवेदन को हदवन्दी प्रतिवेदन बाट हेर्न सकिन्छ ।

एउटा व्यक्तिले तोकिएको अवधिमा गरेको कारोबार (खरिद विक्री) ड्यासवोर्डमा भएको जग्गाधनी कारोवार प्रतिवेदनबाट हेर्न सकिन्छ ।

एउटा व्यक्तिले तोकिएको अवधिमा गरेको तिरेको पूँजीगत लाभकरको विवरण ड्यासवोर्डमा भएको जग्गाधनी कारोवार प्रतिवेदनबाट हेर्न सकिन्छ साथै व्यक्ति विशिष्ट कर प्रतिवेदनबाट पनि हेर्न सकिन्छ ।

कारोबार गर्दा एडमिनले शंसोधन गरेको करको विवरण स्थानीय प्रणाली ब्यवस्थापकले संसोधन गरेको करको विवरण ट्राकिङ्क बाट हेर्न सकिन्छ ।